भक्तपुर। भक्तपुर नगरपालिकाको लगानीमा मल्लकालिन थन्थु दरबार पुनःनिर्माण सुरु गरिएको छ । २०७२ को भूकम्पले क्षतिग्रस्त भएर पुनःनिर्माणको पर्खाइमा रहेको उक्त दरबार भक्तपुर नगरपालिकाले दातृ निकायको सहयोग नलिई आफ्नै लगानीमा पुनःनिर्माण सुरु गरेको हो ।
नगरपालिका नयाँ भवनमा सर्नु अगाडि लामो समय कार्यालय भवनको रुपमा प्रयोग गरिएको थन्थु दरबार कार्य बहुवर्षीय योजनाअन्तर्गत पुनःनिर्माण अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । दरबार मल्लकालीन शैलीमै पुनःनिर्माण गरिने छ । पुरातत्व विभागबाट नक्शा स्वीकृत गराई पुनःनिर्माण कार्य अगाडि बढाइएको बताइएको छ।