काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसबीच छलफल भएको छ। मन्त्रालयमा बुधबार मन्त्री श्रेष्ठ र जर्भोससहितको प्रतिनिधिमण्डलबीच छलफल भएको हो।
भेटमा उनीहरूबीच विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारिताको विषयमा छलफल भएको छ।
मन्त्री श्रेष्ठले नेपालको विकासमा विश्व बैंकले पुर्याउँदै आएको योगदानको लागि धन्यवाद दिँदै आगामी दिनमा लगानी थप विस्तार हुने विश्वास व्यक्त गरे ।
विश्व बैंकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न योजनाहरूमा पुर्याउँदै आइरहेको सहयोग महत्वपूर्ण रहेको बताउँदै मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरोकारवलाहरूसँग बृहत् छलफल गरी प्रभावकारी बनाइने बताए ।
निर्देशक जर्भोसले नेपालमा थप रोजगारमूलक कार्यक्रम, यससम्बन्धी आवश्यक नीति, क्षमता विकास तथा सेवा प्रवाहमा सुधार हुने गरी प्राविधिक सहायता परिचालन गर्न विश्व बैंक तयार रहेको बताए ।