बाँके। बाँकेको खजुरा गाउँपालिका –७ मनकामनामा रहेको दुर्गा– कालिका तथा शिव मन्दिरको जग्गा संरक्षणका लागि पर्खाल निर्माण गरिएको छ। मन्दिर संरक्षणका लागि १२० मिटर लामो पर्खाल निर्माण गरिएको हो।
पर्खाल निर्माणमा देउसी–भैली खेलेको चार लाख रुपैयाँ लगाइएको छ। त्यसैगरी पर्खाल निर्माणका लागि पर्यटन डिभिजन कार्यालयमार्फत चालु आर्थिकबर्ष २०८०–८१ मा १० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
मन्दिर समितिका अध्यक्ष ढुङ्गानाले प्राविधिक मुल्याङ्कनभन्दा ४५ मिटर बढी १६५ मिटर लामो पर्खालको काम सम्पन्न भइरहेको बताए।
एक विघा १६ कठ्ठा क्षेत्रफलमा मन्दिर रहेकाले मन्दिरको जग्गा संरक्षणका लागि पर्खाल आवश्यक भएपछि निर्माण गरिएको स्थानीयको भनाइ छ। उक्त स्थानमा मन्दिरसँगै धर्मशाला निर्माण गर्ने समितिको योजना छ ।