काठमाडौं। कास्की जिल्लाको पोखरा–१७ छोरेपाटनस्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा एक वर्षको अवधिमा पाँच करोड ४२ लाख ३८ हजार पाँच सय ८३ रुपैयाँ आम्दानी भएको छ ।
गुप्तेश्वर महादेव गुफा संरक्षण समितिको २८औँ वार्षिक साधारणसभामा दिइएको जानकारी अनुसार टिकट बिक्रीबाट चार करोड २८ लाख ५८ हजार चार सय ८०, दान पात्रबाट २७ लाख ४६ हजार नौ र सहयोग रसिदबाट ५१ लाख २७ हजार सात सय ५१, बैंक ब्याजबाट १८ लाख ३५ हजार ६ सय २७, सटरकबल आठ लाख ६८ हजार, कामधेनु गाईले चार लाख ६२ हजार आठ सय ६०, सदस्यता रसिद ४६ हजार र अन्य तीन लाख २३ हजार सात सय ६१ आम्दानी गरेको हो ।