तनहुँ। व्यास नगरपालिका–१२ कमलबारीस्थत सिद्धेश्वरी माध्यमिक विद्यालयले आफ्नो प्राङ्गणमा सरस्वतीको मन्दिर निर्माण सुरु गरेको छ। दीपावलीको समयमा विद्यालय परिवारबाट देउसी, भैलो खेलेर सङ्कलन गरिएको रकमले विद्यालय प्राङ्गणमा मन्दिर बनाउन थालिएको हो।
देउसी, भैलोबाट दुई लाख रुपैँया तीन हजार सात सय ४३ सङ्कलन भएको विद्यालयले जनाएको छ।
विद्यालय परिसरमा सरस्वतीको मन्दिर नहुँदा सरस्वती पूजाका समयमा समस्या हुने गरेकाले मन्दिर बनाउन विद्यालय परिवार कम्मर कसेर लागेको विद्यालयको भनाइ छ।