ताप्लेजुङ। पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम संकलन भएको छ। पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी संकलन भएको हो।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार पुसमा मात्र कूल रु ३५ लाख २९ हजार भेटी रकम संकलन भएको हो। पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम संकलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ।