तेह्रथुम। फेदाप गाउँपालिकाले वडा नम्बर ३ ले पानी ट्यांकी निर्माण गर्दै आएको छ । वडा कार्यालयले गाउँपालिकाको सहयोगमा दुई वटा ट्यांकी निर्माण गर्दै आएको हो ।
वडाको नास्रे र तोक्मामा पानी ट्यांकी निर्माण कार्य भइरहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको सहयोगमा नास्रे पानी ट्यांकी र वडा कार्यालयको आयोजनामा तोक्मा खानेपानी ट्यांकी निर्माण भइरहेको हो।
नास्रे पानी ट्यांकीको लागि गाउँपालिकाले ५० लाख रुपैयाँ र तोक्मा पानी ट्यांकीको लागि वडा कार्यालयले पाँच लाख रुपैयाँ बजेट विनियोजन भएको बताइएको छ।
ट्यांकी निर्माण भएसँगै करिब १०० भन्दा बढी घरधुरीलाई खानेपानी वितरण हुने गाउँपालिकाको भनाइ छ।