प्युठान। प्युठानको झिमरुक गाउँपालिकामा सडकमा कुनै किसिमका निर्माण सामग्री राख्न नपाइने भएको छ। प्यूठान नगरपालिकाले १० दिन भित्रमा सडकमा राखिएका सामान हटाउन आग्रह गरेको हो।
स्थानीयले सडकमा जथाभावी निर्माण सामग्री थुपारेर आवागमन असहज भएपछि पालिकाले सूचना निकालेर सडकमा अनधिकृतरूपमा ढुङ्गा, गिटी, बालुवा, छठ, सिमेन्ट, व्यावसायिक सामग्री पसलदेखि सडकसम्म राख्ने, सवारी मर्मतका नाममा बाटो अवरोध गर्नेलागतय गतिविधि गर्न नपाइने बताएको छ ।
झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर महतरा क्षेत्रीले गाउँपालिकाले सार्वजनिक क्षेत्रमा बनाइएका संरचना, सडक मिचेर बनाइएका संरचना हटाउन कार्यविधि निर्माणको प्रक्रिया प्रारम्भ भएको बताए ।