नवलपुर। महेन्द्र राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी भएको कारणले गर्दा चालक तथा यात्रु सकस पुर्ण यात्रा गर्न बाँध्य छन्। चारवटा स्थानीय तहलाई छुने उक्त सडकको सबैभन्दा बढी खाल्डाखुल्डी गैंडाकोटमा रहेको छ भने कम खाल्डा र राम्रो सडक नगरपालिकाको जङगल क्षेत्रमा मात्र पाइन्छ।
सडक खाल्डो पर्नाले विरामि र एम्बुलेन्सलाई अझ बढि समस्या परेको छ। बाटो पैला भन्दा ९९ प्रतिशत बिग्रेकोे हुनाले विरामिलाई अस्पताल समयमा पुर्याउन नसक्दा उनिहरुको स्थिति अझ बढि नाजुक हुन्छ। त्यस्तै सामान्य अवस्थामा रहेका विरामि पनि अस्पताल पुग्दा गम्भिर हुने गर्दछन। गाडीहरु कुदाउन सक्ने अवस्था नभएको र बाटोमा खाल्डो भएको कारणले एम्बुलेन्सलाई मात्र नभएर निजि तथा सवारी साधनरुलाई पनि समस्या भएको कुरा चालकहरुको गुनासो छ।
बाटो विग्रेको हुनाले सवारीसाधन पनि चाँडै विग्रन्छ। त्यस्तै ठुल्ठुला खाल्डोहरुमा गाडी चलाउदा गाडीको पट्टा भाचिने, टायर खिइने समस्याले चालकहरुलाई अझ बढि समस्या भएको गुनासो गरेका छन्। त्यहाँ ब्यवसाय गर्ने मानिसहरुलाई पनि बाटो विग्रेको कारण पानी पर्दा हिलो हुने र घाम लाग्दा धुलो उड्ने भएको कारणले धेरै समस्या परेको छ। ब्यवसायको लागि नारायणगढबाट सामान ल्याउनु पर्ने तर हिलो र धुलोको कारण सवारी साधन चलाउन नै समस्या भएको हो। त्यसैले गर्दा यस क्षेत्रका ब्यमपारीहरु पनि मर्कामा परेका छन्।
नारायणगढ-बुटवल सडकको खण्ड-१ अन्र्तगत पर्ने ६५ मिटर सडकमध्ये १५ मिटर सडक मात्रै सवारी साधन गुडाउन मिल्ने छ। दुम्कि देखि दाउन्नेसम्मको सडकको कालोपत्रे उक्किएर गाउँको कच्ची सडक जस्तै भएको छ। सडकमा भएको सबै खाल्डाखुल्डी चीनियाँ कम्पनीको मान्छेले दशैं अघि नै पुरेर सक्ने भएको कुरा नरायणगढ-बुटवल सडक आयोजनाले जनाएको छ। पुल निर्माणको डाइभर्सनबाहेक खाल्डाखुल्डी पुरेर दशैंसम्म गाडी गुडाउन मिल्ने बनाउने योजना रहेको छ।
सडक निर्माण कम्पनीले पुरानो कन्ट्रयाक म्यानेजरले काम नगरेपछि त्यसलाई हटाएर नयाँ कन्ट्रयाक म्यानेजरलाई सडक निर्माणको लागि पठाएको छ। नयाँ म्यानेजरले आयोजनामा अवजस नआउने गरी काम गर्ने प्रतिबद्धता जनाएको कुरा कम्पनिले बताएको छ। नरायणगढ-बुटवल सडकको खण्ड-१ मा काम सुरु भएको साँढे दुई वर्ष भएको भएता पनि अहिलेसम्म ८ प्रतिशत मात्रै काम सकिएको थियो। नयाँ म्यानेजर ल्याएको र मनसुन पनि सकिएको हुनाले भत्किएको सडकसँगै सडक विस्तारको कामले तिव्रता पाउने आशा राखिएको छ।