पोखरा। पोखराको बगर भिमकालिपाटनमा रहेको पृथ्वीनारायण क्याम्पसको परिसरमा क्याम्पस स्थापनाको ६४ बर्ष पछि सरस्वती मन्दिर निमार्ण गर्न शिलान्यास गरिएको छ । उक्त मन्दिरको निर्माणको लागि बुधबार सरस्वती पूजाको अवसर पारेर शिलन्यास गरिएको हो ।
यहि आर्थिक बर्ष भित्र सम्पन्न हुने गरि कलात्मक शैलिमा निमार्ण हुन लागेको मन्दिरको ४३ लाख रुपैँया लागतमा निर्माण हुनेछ । सो मन्दिरको निमार्णमा सहयोग गर्न नेपाल बैंक लिमिटेडले ५ लाख रुपैँया सहयोग गरेको छ।
बैंकले सस्थागत सामाजिक उत्तरदाइत्वो अन्तरर्गत नेपाल बैंकको प्रधान कार्यलय मार्फत बगर शाखाको समन्वयनमा उक्त रकम समेत सोहि समारोहमा हस्तान्तरण गरिएको छ ।
उक्त ५ लाख बराबरको चेक बैंकको तर्फबाट शाखा प्रबन्धक बिनोद सापकोटा ,सहायक प्रबन्धक प्रदिप पौडेलले क्याम्पसका सहायक क्याम्पस प्रमुख मिनराज लम्साल र गजेन्द्र प्रसाद च्वाई,चन्द्रमणि आचार्य,बिद्यार्थी मुल्याङकन प्रमुख बोधराज ढकाल,आर्थिक सह–नियन्त्रक पुष्पराज पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।