सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा गुम्बा निर्माण गरिएको छ। उक्त गुम्बा जनश्रमदानबाट ३ करोड लागतमा निर्माण गरिएको हो।
७ सय वर्ष पुरानो ‘शंक क्षेलिङ गुम्बा’ भूकम्पले भत्काएपछि जनश्रमदानबाट २०७७ सालबाट निर्माण सुरु गरेको गुम्बा निर्माण समितिले जनाएको छ। निर्माण कार्य सकिएको छ, अब मुर्ति स्थापना, रङ, बुट्टा भर्ने लगायतका काम बाँकी रहेको बताइएको छ।
४८ घर गुठी रहेको गुम्बा १ रोपनी जग्गामा निर्माण भएको छ। बौद्ध धर्म अनुसारका हरेक संस्कार गर्नका बौद्धमार्गीलाई लक्षित गर्दै गुम्बा निर्माण सुरु गरिएको गुम्बा निर्माणमा देश विदेशमा रहेका दाताबाट प्राप्त भएको सहयोग र जनश्रमबाट गुम्बा निर्माणका कामलाई जारी रहेको समितिले जनाएको छ।