मुगु। कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डमा पुनः सञ्चालनमा आएको छ। हिउँले अवरुद्ध बनेको सडकबाट हिउँ पन्छाएपछि सञ्चालनमा आएको हो।
सडक डिभिजन कार्यालय जुम्लाको टोलीले सो सडकखण्डको बुलबुले, सिप्टिचौर र सातमोड घुच्ची लेखमा जमेको हिउँ पन्छाएर सडक नियमित सञ्चालन गरेको हो।
मंगलवार, बुधवार र बिहीवार हिउँ पर्दा यो खण्ड अवरुद्ध बनेको थियो।
बिहीवार र शुक्रवार दिनभरि सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटर र सडक रक्षकद्वारा हिउँ पन्छाएर सडक सञ्चालन गरेको हो। झाड्नौलादेखि सातमोड, सिप्टिचौर हुँदै बुलबुलेसम्मको सडक खण्डमा जमेको हिउँ पन्छाइएको छ।