काठमाण्डौं महानगरपालीका ६ र बुढानीलकण्ठ नगरपालीका १२ को सीमा कपनमा रहेको खहरे खोलाले छुट्याउँछ। विगतमा उक्त खोलालाई चुखुँचा र स्थानीय स्यालमति पनि भन्ने गरिन्थ्यो। २०५६ सालमा खोलालाई मासेर ४८ इन्चको ह्युमपाइप लगााई त्यसमाथी कालोपत्रे सडक बनाएपछि सोही ठाउँको जग्गाको मुल्य धेरै बढ्यो।
सडक निर्माण भएको केही वर्षमै ठुँलाठुँला भवनहरुको निर्माण भयो। ह्युमपाइपमा घरको ट्वाइलेटबाट निस्कने फोहोरहरु मिसाउन थालीयो। बस्ती बाक्लो भएसँगै उक्त पाइपको ढल सानो भयो, र थेग्न नसकेर वर्खामा ढल फुट्न थाल्यो। उक्त सडक बागमति प्रदेश अन्तर्गतको सिंचाइ आयोजनाले २ वर्ष देखी सडक ढलान गर्दै आएको भएतापनि अझै ढलको सुधार छैन, अहिले सम्म लगभग करोड खर्च भइसकेको छ।
उक्त ढलमा खसेर एक अवोध बालक बेपत्ता भएका छन्। अझै पनि पानी परेको समयमा त्यस स्थानमा हिड्न नसक्ने र बस्नको लागी पनि डरलाग्दो अवस्था रहेको छ।