कञ्चनपुर। बेलौरी नगरपालिकामा प्रशोधनसहितको ढल निर्माण गर्न सुरु गरिएको छ। बेलौरी बजारको नौ किलोमिटर क्षेत्रमा फोहोर पानी प्रशोधनसहितको ढल निर्माण सुरु गरिएको हो ।
ढल निर्माणका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको १८ करोड बजेट छुट्याएको छ। ढल निर्माणका लागि ड्रेन निर्माण भइरहेको छ। ढल निर्माणपछि त्यसमा पाइप राख्ने र ढलको पानी पाइपमार्फत प्रशोधन केन्द्रसम्म पुर्याउने बताइएको छ। बजार क्षेत्रको प्रदूषित पानी मेसिनको सहायताले प्रशोधन गरिने छ।
प्रशोधन केन्द्र निर्माणका लागि एककठ्ठा जग्गा व्यवस्थापन गरिएको छ।