काठमाण्डौं। वृद्धाश्रमसहितको पार्क चमती जग्गा एकिरिण आयोजना क्षेत्र भित्र उद्घाटन गरिएको छ। करिव २० वर्षदेखी व्यवस्थीत विकासको प्रतिक्षामा रहेको चमतीवासीको सुविधाकोलागी निर्माण गरिएको संरचनाको उद्घाटन काठ्माण्डौं उपमहानगरपालीकाका प्रमुखले गर्नु भएको हो।
महानगरपालीकाको सार्वजानीक जग्गा संरक्षण र पार्क निर्माणको निति अन्तर्गत पार्क निर्माण गरिएको उहाँले बताउनु भयो। स्थानीयले जग्गादान गरेर पार्क निर्माण गर्न सकिएको बताउदै सङ्घिय संसद सदस्यले खुला रहेको ठाउँको संरक्षण गर्न प्रयास गर्नुपर्ने बताउनुभयो।
पार्कको निर्माणले सामाजीक जीवनमा सकारात्मक परिवर्तन ल्याउने आशा गरेको निर्माण समितिका संरक्षकले बताउनुभयो। एक रोपनी १४ आना जमिन चमतीवासीले दान गरेपछि उक्तजमिनमा दुई तले भवन सहितको पार्क निर्माण गरिएको छ।