काठमाडौं। ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड केही दिनका लागि दैनिक ६ घण्टा बन्द भएको छ।
ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि वैशाख ६ देखि ११ सम्म दैनिक ६ घण्टा सडक बन्द गरिने भएको हो ।
सडक राति १० देखि बिहान ४ बजेसम्म पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुने बताइएको छ।
ग्वार्को चोकमा २०७९ को मंसिरदेखि फ्लाइओभर निर्माण सुरू भएको थियो । दुई वर्षमा बनाइसक्ने गरी १२ फागुन २०७८ मा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको थियो ।