तनहुँ। तनहुँमा चालू आर्थिक वर्षमा ७.५ किलोमिटर सडक कालोपत्र भएको छ। गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्र भएको हो।
यस वर्ष पिसिसी, आरसिसी र कालोपत्र गरी २६ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य रहेको जिल्ला पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
कच्ची सडक १५ किलोमिटर निर्माण गर्ने लक्ष्यअनुरुप हालसम्म ४ किलोमिटर र २५ हजार घनमिटरको टेवा पर्खालमध्ये १ हजार ७ सय घनमिटर पर्खाल निर्माण सम्पन्न भएको छ । ग्राभेल सडक २५ किलोमिटर बनाउने लक्ष्यअनुरुप काम भएको ६ किलोमिटर सडक चौडा भएको छ ।