खोटाङ। पर्यटकीयस्थल सिलिचुङमा किराती पुर्खा ‘सुम्निमा–पारुहाङ’को प्रतिमा राखिएको छ। खोटाङ, भोजपुर, सफ्वुासभा र सोलुखुम्बूको सङ्गमस्थलमा अवस्थित साल्पा–सिचिलुङको पर्यटन प्रबर्द्धनका लागि प्रतिमा राखिएको हो ।
देश–विदेशमा रहेकाहरूबाट सङ्कलन गरिएको रकमबाट सुम्निमा–पारुहाङको प्रतिमा निर्माण गरी राखिएको साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले जनाएको छ ।
बैशाख ६ र ७ गते भएको मुन्दुमविद्, धामी–झाँक्री सहित निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले अनावरण गरेका हुन् ।