तनहुँ। दुलेगौडा–लामागाउँ सडकअन्तर्गत दुलेगौडा–लिलाचोक खण्ड स्तरोन्नतिको काम सुरु गरिएको छ। शुक्लागण्डकी नगरपालिका–४ कसेरीमा सोमबार आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सडक स्तरोन्नतिको शुभारम्भ गरेका हुन्।
२७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ को लागतमा सडक स्तरोन्नतिको काम सुरु भएको छ।
विश्व बैंकको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना अन्तर्गत ७.१ किलोमिटर कालोपत्र गर्न लागिएको छ। निर्माण कार्यको जिम्मा बानियाँ निर्माण सेवाले पाइसकेको छ। शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले नगरपालिका–८, ९ र १२ वडालाई जोड्ने छ ।