फाइल तस्बिर
मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल निर्माण भएको छ।
राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत छाक्ताङखोलामा निर्माण भएको पुलको काम पूरा भएको हो।
सात करोड ४२ लाख लागतमा कालिका–गजुरमुखी जेभीले पुल निर्माण गरेको हो। पुल निर्माणका लागि कालिका–गजुरमुखी जेभीले २०७६ साल चैतमा सात करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थियो।