सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा पर्ने निकतातामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। मंगलबार पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरेका हुन्।
अध्यक्ष लामाले पुलको उद्घाटन गर्दै स्थानीयको माग र आवश्यकतालाई सम्बोधन गरी गाउँपालिकाको रु ६० लाख बजेटमा पुल निर्माण भएको जानकारी दिए। उनले पाँचपोखरी थाङपाल पर्यटकीय गाउँपालिका भएकाले पर्यटन पदमार्गका रूपमा रहेको लार्के निकताता हुँदै ड्राइगन गुफा, नौ ताल, आमायाङ«ी र पाँचपोखरी पुग्न अब पर्यटकलाई सहज भएको बताए।
गाउँपालिकाको रु ६० लाख र स्थानीयको जनश्रमदानबाट एक सय १३ मिटर झोलुङ्गे पुल निर्माण भएको हो।