काठमाडौं। काठमाडौंको थायमरुस्थित रत्नकेतु महाबिहार पुनर्निर्माण गरी उद्घाटन गरिएको छ। बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उद्घाटन गरेका हुन्।
उक्त उद्घाटन कार्यक्रममा प्रमुख साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताए।
प्रमुख साहले काठमाडौं उपत्यकामा सम्पदाहरूको पुनर्निर्माण गर्दा पुरानो शैलीलाई नै महत्त्व दिएर बनाउनुपर्नेमा जोड दिएका हुन्। उनले पुरानो शैलीमा सम्पदाहरूको पुनर्निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभई झनै बढेर जाने बताए । उनले सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने जानकारी दिए। उनले महानगरपालिका भित्रका सम्पदा पुनर्निर्माणका लागि महानगर जहिल्यै सहयोग गर्न तयार रहेको समेत बताए।