काठमाडौं। सरकारले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ। मंगलबार संघिय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका हुन्।
त्यसैगरी आगामी आर्थिक वर्षमा जयनगर–बर्दीवास रेलमार्ग अन्तर्गत बिजलपुरा–बर्दीवास खण्ड र बसनाह–विराटनगर खण्डको जग्गा प्राप्तिको काम पनि सम्पन्न गर्ने घोषणा गरिएको छ। पूर्वपश्चिम विद्युतीय रेलमार्गको बर्दीवास खण्ड निर्माण सम्पन्न गरिने अर्थमन्त्री पुनले बताए।