काठमाडौं। नारायणघाट–बुटवलको दाउन्ने खण्डको सडक मर्मत कार्य एक हप्ताभित्र सम्पन्न गर्न निर्देशन दिइएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय, नवलपुरले सरोकारवाला पक्षसँग गरेपछि प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले निर्माण कम्पनीलाई तीन दिनभित्र काम सुरु गरेर एक हप्ताभित्र सम्पन्न गर्न निर्देशन दिएकी हुन्।
उनले एक दिनको वर्षाले त सडक अस्तव्यस्त बनाएको भन्दै बर्खामा कुनै अवरोध नहुने गरी एक हप्तामा मर्मतको काम सम्पन्न गर्न भनेकी हुन्। निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिले भने बजेटको अभाव देखाउँदै घुमाउरो ढङ्गले काम सुरु गर्न नसक्ने जवाफ दिएको छ ।
नारायणघाट–बुटवल सडकको पूर्वीखण्डका आयोजना प्रमुख आशिष थापाले मर्मत थाल्न निर्देशन पैसा छैन भनेर यात्रुलाई दुःख दिन नपाउने बताएका छन्। उनले सम्झौता पालना गर्ने नेपाल सरकार र निर्माण कम्पनी दुवैको जिम्मेवारी भएको प्रस्ट पार्दै निर्माण पक्षले दायित्व पूरा नगरे सम्झौता अनुसार प्रक्रिया अगाडि बढ्ने बताए ।