सांकेतिक तस्बिर
बागलुङ। गलकोट नगरपालिका–३ स्थित कोतघर धमाधम जीर्णोद्धार गर्ने काम भइरहेको छ। नेपाली सेनाको सहयोगमा पुनःनिर्माण भइरहेको गलकोट कोतघरको काम ५० प्रतिशत पूरा भएको हो।
कोतघरलाई पुरानै शैलीमा नयाँ काठको प्रयोग, झ्याल ढोका नयाँ राख्ने र छाना पुरानै स्वरुपमा छाउने काम भइरहेको छ । गलकोट राज्य सञ्चालन गरिएको दरबारको भग्नावशेष नजिकै रहेको कोतघर विसं २०४० मा पुनःनिर्माण गरी ढुङ्गाले छाइएको थियो । त्यसयता गलकोट नगरपालिकाले मर्मतसम्भार गर्दै आए पनि भत्काएर पुनःनिर्माण भने गरिएको थिएन ।