काठमाडौं। असार मसान्तदेखि झण्डै २ महीना मनकामना केबलकार बन्द हुने भएको छ । केबलकारको डिजिटल प्रणाली स्तरोन्नति गरी मुख्य केबल (लठ्ठा) समेत फेर्नुपर्ने भएकोले केबलकारको सेवा बन्द गर्न लागिएको हो।
मनकामना दर्शन प्रालिले केही दिनपछि प्रेस विज्ञप्तिनै जारी गरेर केबलकारको सेवा बन्द हुने जानकारी दिने बताएको छ।
मनकामना केबलकारको सेवा बन्द रहे पनि मनकामनामाईको मन्दिर भने भक्तजनका लागि नियमित रुपमा खुल्ला नै रहने मनकामना क्षेत्र विकास समितिले जनाएको छ।