चितवन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चितवनमा रहेको ऐतिहासिक दियालो बंगलाको अनुगमन गरेका छन्। मन्त्री तामाङले दियालो बंगलाको अवलोकन गर्दै बंगला सर्वसाधारणको अवलोकनका लागि खुला हुने जानकारी दिएका हुन्।
यो बंगला विगतमा पूर्व राजाहरूले सञ्चालन गर्दै आएकोका थिए । अहिले नेपाल ट्रष्टको नाममा रहेको छ ।
दियालो बंगला दरबारमा १७ माघ २०२८ मा राजा महेन्द्रको निधन भएको थियो । राजा महेन्द्रले २०१८ सालमा निर्माण सुरु गरेर २६ सालमा निर्माण सकेको दियालो बंगलामा महेन्द्रपछि उनका छोरा वीरेन्द्रको परिवारसहित हिउँदमा गएर बेलाबेला बस्ने गरेका थिए ।