जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ।
नेपाल रेल्वे कम्पनी लिमिटेडले सेवा सञ्चालनका लागि समयतालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको बताएको छ।।
रेल सेवा प्रत्येक शनिवार दिनको साढे १ बजे जनकपुरधामबाट खुल्ने र आइतवार विहान ४ बजे अयोध्या पुग्ने तथा सोही रेल साँझ ५ बजे अयोध्याबाट फर्किएर अर्को विहान साढे ७ बजे जनकपुरधाम पुग्ने गरी तालिका सार्वजनिक गरिएको छ।