ललितपुर। ललितपुर महानगरले सम्पदा पुनर्निर्माण गरिरहेको छ। भूकम्पले भत्किएका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनर्निर्माणमा महानगर सक्रिय रूपमा लागेको हो।
भूकम्पमा क्षति भएका पुनर्निर्माण गर्न बाँकी सम्पदाको मर्मतसम्भार र पुनःस्थापनालगायत काम प्रारम्भ भएको ललितपुर महानगरपालिकाले जनाएको छ।
महानगर क्षेत्रभित्रका चार सय पोखरी पनि मर्मतसम्भारको चरणमा रहेका जनाइएको छ ।