बेनी। म्याग्दीमा खानेपानिको सुविधा विस्तार भएको छ। करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको हो।
खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका खानेपानी योजनाबाट छ सय ९८ घरमा खानेपानीको पहुँच पुगेको हो ।
खानेपानीको सुविधा विस्तार भएपछि टाढा बाट पानी बोक्नु पर्ने बाध्यता हटेको र आफ्नै करेसाबारीमा तरकारी खेती गर्न पनि सहज भएको स्थानीयले बताए।