काठमाडौं। पहिरोले अवरुद्ध भएको कान्तिलोकपथ सञ्चालनमा आएको छ। काठमाडौंबाट हेटौंडा जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको हो।
सोमबार राति गएको पहिरोबाट उक्त सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि यात्रामा रहेका सवारी साधन रोकिएको थिए।
पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएपछि यात्रामा रहेका सबै सवारी साधन आफ्नो आफ्नो गन्तब्य तिर लागेका छन्।