जनकपुरधाम। जनकपुरधाम—अयोध्या रेल सेवा छिट्टै सञ्चालनमा आउने भएको छ। जनकपुरधामदेखि भारतको अयोध्यासम्म रेल छिट्टै सञ्चालनमा आउने भएको हो।
रेल सञ्चालनको लागि समय तालीका सार्वजानिक गरिएको छ। सार्वजानिक गरिकएको समय तालिका अनुसारः
रेल प्रत्येक शनिवार दिउँसो १ः३० बजे जनकपरधामबाट हिड्ने र आइतवार विहान ४ बजे अयोध्या पुग्ने तथा सोही रेल आइतवार साँझ ५ बजे अयोध्याबाट फर्किएर अर्को सोमवार विहान जनकपुरधाम आइपुग्नेगरी तालिका सार्वजनिक गरिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ।
रेल सेवा सञ्चालनमा आएपछि निकै नै सहज हुने कम्पनीको विश्वास छ भने केही जनताहरु पनि रेल सेवा सञ्चालनमा आउने भएपछि खुशी भएको बताए।