फाइल तस्बिर
मुस्ताङ। मुस्ताङबाट तिलिचो ताल जोड्ने पदमार्ग निर्माण गरिएको छ। घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग निर्माण गरिएको हो।
घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा पदमार्ग निर्माण र स्तरोन्नति गरिएको छ।
पदमार्ग निर्माणका लागि घरपझोङ गाउँपालिकाले दुईवटा शीर्षकमा ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो। त्यसैगरी पदमार्ग निर्माणका लागि एक्यापले पनि १० लाख रुपैयाँ खर्च गरेको बताइएको छ।