काठमाडौं। पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग खुलेको छ। पहिरोका कारण आज बिहानैबाट अवरुद्ध राजमार्ग पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो।
माथिबाट ढुङ्गा सहितको पहिरो खसेपछि बुधबार बिहान साढे सात बजेदेखि इच्छाकामना गाउँपालिका पृथ्वीराजमार्गको नाग्दी खोलामा अवरुद्ध भएको थियो। अहिले सडक विभागको लोडर लगाएर पहिरो पन्छाएपछि अवरुद्ध सडक सञ्चालनमा आएको हो।
पहिरो पन्छाउने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर लोडर चालक भने घाइते भएका छन्। उनको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।