काठमाडौं। गलेश्वरधाम मन्दिरमा १५ लाख १० हजार सात सय २४ रुपियाँभन्दा धेरै भेटी सङ्कलन भएको छ। साउन महिनाको चार वटा सोमबारको भेटी सङ्कलन गर्दा यति रकम उठेको हो।
साउन महिना धार्मिक महिना पनि हो। जसको कारण साउन महिनाको प्रत्यक सोमबार शिवको पूजा गर्न भक्तजनहरु मन्दिर जाने र आफ्नो क्षमता अनुसार भेटी चढाउने गर्छन। सोही अनुसार गलेश्वरधाम मन्दिरमा पनि भेटी सङ्कलन भएको बताइएको छ।