सल्यान। सल्यान जिल्लाको कालिमाटी गाउँपालिकामा रहेको बबई नदीमा दम्दवाली हात्तीदमार पुल निर्माण सम्पन्न भएको छ। कालिमाटी गाउँपालिकाको वडा नं ५ हात्तीदमार र दम्दवाली बीचमा पर्ने बबई नदीमा पक्की पुल निर्माण गरिएको हो।
२०७४ मा पुलको काम सुरु गरेको निर्माण कम्पनीले सात वर्ष लगाएर योजनाको काम सम्पन्न गरेको हो। राष्ट्रिय योजना आयोगको २१ करोड लागतमा पक्की पुल निर्माण भएसँगै स्थानीयलाई भने सहज भएको छ।
पुल बनेसँगै हात्तीदमारबाटै स्थानीयले खलंगा जान लगायत बाहिर जाँदा पनि गाडी चढ्न पाउने भएका छन्।