ललितपुर। तलितपुरको महालक्ष्मी नगरपालिका–३ मा सडकमा भ्वाङ परी सवारी आवागमन अवरुद्ध बनेको छ।
बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल-बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकको करिब ३ मिटर क्षेत्रमा भ्वाङ परेको हो।
के कति कारणले सडकमा भ्वाङ पर्यो भने खुलेको छैन। सडक भ्वाङ परेपछि त्यस क्षेत्रमा सडक आवागमनमा भने रोक लगाएको प्रहरीले जनाएको छ।