दोलखा। दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकाको दुई वटा वडा जोड्ने सडक खोलाले बगाएपछि स्थानीय प्रभावित भएका छन्। गत असारमा चंखु, र मार्वुको सीमा भएर बग्ने खारे खोलामा आएको बाढीले सडक बगाएपछि स्थानीय समस्यामा परेका हुन्।
यति बेला उक्त सडक भएर हिँड्नुपर्ने मानिस हिँड्न पाएका छैनन भने अति आवश्यक पर्नेहरु खोला तरेर वा भिरबाट झुन्डिएर जोखिमपूर्ण तरिकाले आवतजावत गरिरहेका छन्।
खोलाले बगाएको सडक महिना बित्दा पनि मर्मत गरी सञ्चालनमा अनाउँदा विद्यार्थी विद्यालय जान नपाएको र बिरामी पर्दा समेत मृत्यु नै पर्खनु पर्ने अवस्था भएको स्थानीयको गुनासो छ।