ललितपुर। गोदावरीको छम्पीमा ‘नेपाल आर्ट भिलेज’ निर्माण गर्न सुरु गरिएको छ। छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः (मुखाकृति) सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माण गर्न लागिएको हो।
कूल २ सय ३८ रोपनी क्षेत्रफलमा परियोजना निर्माण गर्न थालिएको छ। पहिलो चरणमा ५२ रोपनी क्षेत्रमा भैरवको ख्वापाः तथा अन्य सम्पदा र १ सय ८६ रोपनी क्षेत्रफलमा कलाग्राम निर्माण गरिने बताइएको छ।
पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापाः ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन तौलको हुनेछ।
ख्वापाः लाई पाँच तलाको आरसिसी भवनमा फ्रेम बनाएर एसेम्बल गरिने छ भने भवनको अगाडिपट्टि ख्वापाः र भवनभित्र कला संग्रहालय स्थापना हुनेछ ।