काठमाडौं। २०७२ को भूकम्पले क्षति पुर्याएको ललितपुरको पाटनस्थित विश्वसम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालत भवन पुनः निर्माण गरिने भएको छ। भवन भारतीय दूतावासको सहयोगमा पुनः निर्माण हुन लागेको हो।
भवन पुनः निर्माणका लागि सबै प्रक्रिया पूरा भइसकेको र अबको केही दिनमा नै काम सुरु हुने बताइएको छ। भवन नेपालको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (१९५६) अनुसार निर्माण गरिने छ। भवन पुरानै स्वरुपमा निर्माण गरिने बताइएको छ।