काठमाडौं। काठमाडौंमा ३ सय २४ वर्ष पुरानो फल्चा पुनर्निर्माण गरी उद्घाटन गरिएको छ। मंगलबार महानगरपालिका–८ का वडाध्यक्ष आशामान संगतले पुनर्निर्माण भएका दुई फल्चाको उद्घाटन गरेका हुन्।
करिब साढे तीन सय वर्ष पुरानो फाल्चा घरको भित्तामा पाइएको शिलापत्र अध्ययन र करिब ५० सालतिर तयार पारिएको विवरण पुस्तिकाको फोटो हेरेर पुनर्निर्माण गरिएको वडाध्यक्ष संगतले जानकारी दिए।
संगतका अनुसार फल्चा पुनरुत्थानका लागि वडाले १४ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ ।