फाइल तस्बिर
कञ्चनपुर। गत आर्थिक वर्षमा कञ्चनपुरका ६ वटा नदीमा तटबन्ध निर्माण गरिएको छ। भू तथा जलाधार व्यवस्थापन कार्यालय धनगढीले आर्थिक वर्ष २०८०/८१ मा कञ्चनपुरमा ६ वटा नदीमा तटबन्ध निर्माण गरेको जनाएको हो।
कञ्चनपुरको भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका नदी तथा खोलामा तटबन्ध निर्माण गरिएको हो।
उपभोक्ता समितिमार्फत निर्माण भएका तटबन्धमा एउटा खोलाको तटबन्धका लागि १० लाख लागत लागेको कार्यालयले जनाएको छ।