फाइल फोटो
काठमाडौं। सिमकोट जिल्लाको खार्पुनाथ गाउँपालिका– ५ को खार्पुमा शिवको मुर्ति निर्माण गरिदैँ छ। मुर्ति निर्माणको काम अन्तिम चरणमा पुगेको हो।
शिवको मुर्ति निर्माण सुरु गरेको तीन महिना भएको गाउँपालिकाले जनाएको छ। निर्माण सुरु गरेको तीन महिनामा शिवको मुर्ति अन्तिम चरणमा पुगेको बताइएको छ।
निर्माणाधिन शिवको मुर्ति १७ फिट अग्लो रहेको बताइएको छ। सो मूर्ति खार्पुनाथ गाउँपालिका र पर्यटन मन्त्रालयको लागतमा निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ।