अछाम। साँफे–मार्तडी सडक अवरुद्ध भएको छ। अविरल वर्षासँगै बुढाबगरमा खसेको पहिरोले उक्त सडक अवरुद्ध भएको हो।
पहिरोले सडक अवरुद्ध हुँदा सबै सवारी साधन रोकिएको प्रहरीले जनाएको छ। यात्रामा रहेका यात्रीहरु आफ्नो गन्तब्यसम्म पुग्न सकेका छैनन्।
पहिरो खसिरहेकोले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।