फाइल तस्बिर
गोरखा। त्रिशूली नदीमाथि निर्माण भएको बेलिब्रिज निर्माण गरिएकाे छ। वुटारमा निर्माणाधीन १०० मेघावाट क्षमताको सुपर त्रिशुली जलबिद्युत आयोजनाको निर्माण सामग्री ढुवानीको सहजताका लागि बेलिब्रिज निर्माण गरिएकाे हाे।
गाेरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला जोड्ने त्रिशूली नदीमाथि बनेकाे उक्त पुलकाे गत बुधबार गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना र इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले पुलको उद्घाटन गरेका छन्।
गोरखा सडक योजनाको समन्वयमा ब्लु इनर्जी प्रालिले १६ करोड १४ लाख खर्चेर पुल निर्माण गरेको हो। उक्त पुलबाट गण्डकी गाउँपालिकाको ताङ्लीचोक, मकैसिङ, भुम्लिचोक लगायतका स्थानीय बढी लाभान्वित हुने छन्।