काठमाडौं। सल्यानको छत्रेश्वरी गाउँपालिकाको वडा नं ६ र ७ जोड्न गरी शारदा नदीमाथि पुल निर्माण भएको छ। सडक डिभिजन कार्यालय दाङले शारदा नदीमाथि ७० मिटर लामो पुल निर्माण गरेको हो।
२०७६ असार २२ मा सम्पन्न गर्नेगरी एसबीए सूर्य जेभीले २०७४ असार २१ देखि निर्माण कार्य सुरु गरेको पुल सात वर्षपछि पूरा भएको हो।
सात वर्षमा पुल निर्माणको काम पूरा भएको छ। यो अवधिमा पुल निर्माणको ठेक्का पाएको कम्पनीले लापरबाही र ढिलासुस्ती गरेपछि ठेक्का तोड्ने नयाँ ठेक्का खोल्ने लगायतका प्रक्रियाले पनि अझ ढिलो भएको बताइएको छ।
पुल निर्माण पूरा भएसँगै राप्ती लोकमार्ग हुँदै छत्रेश्वरी गाउँपालिका ४ दारिमज्युला, झिम्पे, खर्सुबास जाने स्थानीयलाई सहज भएको छ।