गोरखा। भूकम्पले क्षतिग्रस्त भएको राधाकृष्ण मन्दिर पुनःनिर्माण भएको छ। गोरखा जिल्लाको छोप्राकमा रहेको फौदर गाउँको सो मन्दिर पुनःनिर्माण भएको हो।
सिरानचोक गाउँपालिकाको १० लाख आर्थिक सहयोग, चन्दाबाट २ लाख र जनश्रमबाट मन्दिर पुनःनिर्माण गरिएको गाउँपालिकाले जनाएको छ।
भूकम्पले क्षतिग्रस्त बनाएपछि धार्मिक क्रियाकलापमा असहज भएको स्थानीयले बताए। अब मन्दिर पुनःनिर्माण गरेपछि सहज हुने भन्दै स्थानीयले खुशी ब्यक्त गरे।