बझाङ। जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। बझाङको जयपृथ्वी राजमार्गमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।
तमैल बजारनजिकै जालेबगरमा पहिरो खस्दा बिहानैबाट राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।
राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दुरिका सवारी साधनहरु बिच बाटोमै रोकिएका छन्।
राजमार्ग खुलाउन प्रयास भइरहेको भएपनि निरन्तर पहिरो खसिरहेको कारण समस्या भइरहेको प्रहरीले जनाएको छ।