काठमाडौं। ललितपुरको कुपण्डोलमा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्किएको छ। आज दिउँसो कुपण्डोलको मुख्य सडक नै फुटेर पानी बग्न थालेको हो।
सडकबाट पानी बग्न थालेपछि यातायात समेत प्रभावित भएको छ। पानीको बहावका कारण मोटरसाइकल समेत लडेको प्रत्यक्षदर्शीले बताए।
सडक के कारणले भासिएको हो भन्ने कारण भने थाहा हुन सकेको छैन। पानी ढल फुटेर वा मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा निस्केको अनुमान गरिएको छ।