काठमाडौं। स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–१३ हीरापाटामा एक घर एक धारा जडान गरिएको छ। चार करोड लागतमा एक घर एक धारा जडान गरिएको हो।
हीरापाटाका एक सय ५० घरमा एक घर एक धारा जडान गरेपछि ७ सय ९५ जना स्थानीय लाभान्वित भएको नगरपालिकाले जनाएको छ।
वर्षौँ देखि सास्ती खेप्दै आएका स्थानीयले राहत पाएका छन्। एक गाग्री पानी लिन खोला, कुवामा लामो समय खर्चेर लिन जानुपर्ने बाध्यता हटेको भन्दै स्थानीयले खुशी ब्यक्त गरे।
घर घरमा खानेपानीको धारा निर्माण भएपछि तरकारी खेतीदेखि लिएर गाई, बस्तुलाई दिन समेत निकै सहज भएको उनिहरुको भनाइा छ। घरघरमा पानी आएपछि आफूहरुको दैनिकीनै फेरिएको उनिहरुले बताए।